काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खुल्ने

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो । 

कोरोनाको संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । 

​प्रशासनले असोज १ गतेदेखि विद्यालय खोल्ने औपचारिक निर्णय गरेपनि काठमाडौंका केही स्थानीय तहले भने पठनपाठन समेत थालिसकेका छन् । केहीअघि सीसीएमसीबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको थियो ।  

दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण यस शैक्षिकसत्रको सुरुदेखि नै प्रत्यक्षरुपमा नभई अनलाइन वा अन्य सञ्चार प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट पठनपाठन हुँदै आएकामा अब भौतिक रुपमै विद्यालय खोल्ने बाटो खुला गरिएको हो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया