काठमाडौं - पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।
साथै १ हजार ७४३ जना निको भएका छन् । हालसम्म निको हुनेको दर ९४.६ प्रतिशत रहेको छ । यस्तै हाल सक्रिय संक्रमित ३० हजार ९७३ सय छन् ।
प्रतिक्रिया