केपी ओलीले उद्घाटन गरेकाे ९५ करोडकाे भवन ९ महिनामै चुहियाे

४ बर्ष अगाडि

गत पुस ८ गते उद्घाटन भएको महान्यायधिवक्ता कार्यालय भवन चुहिएर बेकामी भएको छ । ९५ करोड रुपैयाँ खर्चेर शर्मा–समानान्तर जेभीले निर्माण गरेको भवन एक वर्ष नवित्दै चुहिएको हो ।  भवनमा पानी चुहिँदा अहिले पार्किङ क्षेत्रमा ताल जमेको छ ।

२०७४ असोज २४ गते तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले शिलान्यास गरेको उक्त अत्याधुनिक भवन शिलान्यासको ३ वर्ष ३ महिनापछि निर्माण सम्पन्न भई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । 

एक वर्ष नपुग्दै भवन चुहिएर पार्किङ्गमा पानी जमेपछि सोमबार महान्यायधिवक्ता कार्यालयमा खैलाबैला भएको थियो । त्यसपछि ठेकेदारलाई फोन गरेर पार्किङ्गमा जमेको पानी ठेकेदार कम्पनीले नै मोटर लगाएर बाहिर तानेको छ । 

केही उच्च तहका अधिकारीहरुले पार्किङ क्षेत्रबाट बाहिर ढलमा पानी जान नसक्दा समस्या भएको बताएपनि ठेक्कापट्टा प्रकृयामा संलग्न नभएका कर्मचारीहरु भने भवन नै चुहिएको दावी गर्छन । 

स्मरणीय कुरा के छ भने उक्त भवनमा जडान गरिएको लिफ्ट समेत ३ महिनादेखि बिग्रिएको छ । ठेकेदार कम्पनीको लापरबाही र उच्च तहको मिलेमतोका कारण सिँहदरबार परिसरमै यस्तो बिजोग देख्नु परेको भन्दै कर्मचारीहरुले सञ्चारमाध्यम गुहारेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया