बैंकिङ कसूर मुद्दामा १३ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार अभियुक्त पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - १३ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले रपक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले १३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका नुवाकोट बेलकोटगढी नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेललाई आज पक्राउ गरेको हो । 

पक्राउ परेका गजुरेलले आफ्नो बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । 

उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया