काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीमा नेकपा एमाले परित्याग गरेका वामदेव गौतम अटाउन सकेनन् ।
नेकपा एमालेवाट विभाजित भएको नेकपा (एस)ले नेपाल नेतृत्वमा पाँच सदस्सीय स्थायी कमिटी बनाउँदा गत शुक्रवार नेकपा एमाले परित्याग गरेका गौतम अटाउन नसकेका हुन् ।
नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मार्फत अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको जानकरी गराएका छन् । तर, नेकपा एसमा प्रवेश गर्न लागेका गौतमलाई भने अन्तरपार्टी निर्देशनमा स्थायी कमिटीमा राखिएको छैन ।
प्रतिक्रिया