काठमाडौं - सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् ।
गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका छन् ।

गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर सेयर बजार मैत्री व्यवस्था गर्न गभर्नरलाई दबाब दिएका हुन् । पछिल्लो एक सातामा झण्डै २०० अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपछि पुँजीबजार सुधार संघर्ष समिति गठन नै गरेर आन्दोलनमा उत्रिएका हुन् ।
समितिले चालू वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ को सिमा राखेका कारण बजार घटेको आरोप लगाइरहेको छ ।
प्रतिक्रिया