बजार खुलेको एक घण्टामा अरुण भ्यालीको सर्वाधिक शेयर किनबेच

४ बर्ष अगाडि

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक शेयर किनबेच भएको छ ।

कारोबारमा आएका २११ ओटा कम्पनीमध्ये सो अवधिमा उक्त कम्पनीको १३ करोड ५४ लाख ११ हजार बराबरको शेयर खरीदविक्री भएको हो । अहिले कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६५३ मा कारोबार भइरहेको छ । 

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ११ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग १ लाख ८ हजार ४७७ कित्ता रहेको छ । 

विक्री माग ५९ हजार २५६ कित्ता रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया