काठमाडौं - आज साताको दोस्रोदिन सोमबार कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ ।
अघिल्लो कारोबार दिन (आइतबार)१०८.२६ अंक घटेर २८१८.७२ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा १.९२ अंक घटेर २८१६.९३ विन्दुमा झरेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३४ अंक घटेको छ ।
आज प्रि-ओपन सेसनमा ३७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको शेयरमूल्य घटेको छ ।
बाँकी १५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया