काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको छ । बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।
प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ ।
बाढीका कारण उपत्यकामा मात्रै चार सय घर डुबेका छन् । डुबेका घरमा फसेका १ सय ५० भन्दा बढीको प्रहरीले उद्दार गरेको छ ।
जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको छ । मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । बागमतीमा आएको बाढीले शंखमुल पार्कदेखि टेकुसम्मको क्षेत्र डुवाएको छ । प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सजग रहन भनेको छ ।
बाढी र डुबानबाट भएको क्षतिको पुर्ण विवरण भने आइसेको छैन । टेकु, बानेश्वर र ललितपुर क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
प्रतिक्रिया