वैदेशिक रोजगारी : मलेसियाबाट ८ कामदारको शव र १२ जनाको अस्तु नेपाल ल्याइयो

४ बर्ष अगाडि

काठमाडौं, वैदेशिक रोजगारीका लागि मलेसियामा गएका ८ जना नेपाली कामदारको शव र १२ जनाको अस्तु नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडीको जहाजमार्फत मलेसियामा ज्यान गुमाएका कामदारको शव ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

विदेशबाट ल्याइएका शवलाई बोर्डले सरकारी खर्चमा मृतकको घरसम्म पुर्‍याउने गरेको छ । 

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार गएको महिना अगस्टमा मात्रै मलेसियामा ११२ जना नेपालीको मृत्यु भएको छ । त्यसमध्ये ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया