अक्टोबरदेखि कुवेतले भिजिट भिसा खुला गर्दै, डेढ लाख बढी अवैध आप्रवासी

४ बर्ष अगाडि

काठमाडौं, कुवेतले केही समयपछि भिजिट भिसा खुला गर्ने भएको छ । कुवेतले करिब आधा वर्षको अन्तरालमा भिजिट भिसा खुला गर्न लागेको हो । अरब टाइम्सका अनुसार आगामी अक्टोबर शुरुदेखि नै भिजिट भिसा खुला हुने छ । 

 कुवेतले आफ्नो मुलुकमा कोराना भाइरस संक्रमण दर घटेको र खोप पनि पर्याप्त भएको भन्दै भिजिट भिसा खुला गर्न लागिएको उक्त पत्रिकाले उल्लेख गरेको छ । 

यसैबीच कुवेतमा एक लाख पचास हजार बढी अवैध आप्रवासी रहेको पाइएको छ । त्यसमा नेपालीहरुको संख्या पनि ठूलै रहेको बताइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया