रोमानियाको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ । रोमानियाको WORKPOWER SRLकम्पनीले १०० नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सुविधा कम्पनीको नियमअनुसार रहेको छ ।
कामदारले तलब खान बस्ने सहित ६४ हजार माथि देखि ६९ हजार पाउनेछन् । इच्छुक कामदारले Himalayan Valley Nepal Pvt.Ltd Gaushala, Kathmandu मा भदौ २४ गतेसम्ममा अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कमदार आफैंले बेहोर्नु पर्नेछ ।
यस्तै, स्वदेशमा हुने बिमा खर्च, विदेशमा हुने मेडिकल खर्च ,हवाई टिकट र भिसा शुल्क कम्पनी आफैैले बेहोर्ने छ ।
प्रतिक्रिया