करेन्ट लागेर रवि ओडकी आमाको मृत्यु

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल आइडल बनेका रवि ओडकी आमाको मृत्यु भएको छ । उनको बुधबार विहान करेन्ट लागेर मृत्यु भएको हो । 

मंगलबार राति ९ बजे करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णाको सेती अञ्चल अस्पताल पुर्याए लगत्तै अस्पतालले मृत घोषण गरेको हो । 

उनी रविकी कान्छी आमा भएको र उनलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले रातोपाटीलाई जानकारी दिए । 

गत पुस ६ गते (शुक्रबार) ओड नेपाल आइडल–२ का विजेता बनेका थिए । हिजो मात्रै गृहजिल्ला पुगेका ओडलाई भव्य स्वागत तथा सम्मान समेत गरिएको थियो ।  
 


 

७ बर्ष अगाडि

प्रतिक्रिया