भाग्यले अमेरिका लेख्याे तर कर्मले जेल : डिभी परेर अमेरिका जान खोज्ने ६ जना पक्राउ

४ बर्ष अगाडि

लाखौँ रुपैयाँ खर्च गरेपनि पनि अमेरिका जान धेरै नेपालीले मरिहत्ते गर्छन् । त्यसमाथी डिभी परेर जान पाउनु ठूलो भाग्य सम्झन्छन् । 
तर भाग्यले साथ दिएर इडिभी ‘यूएस डाइभर्सिटी भिसा’–२०२० को नतिजामा नाम निस्किएका ६ जना नेपालीलाई भने कर्मले धोका दिँदा प्रहरी खोरमा पुग्नु परेको छ । 

भाग्यले डिभी चिठ्ठा परेपनि आफ्नो कर्मको कारण दश जोड दुई पास नगरेका कारण नक्कली सर्टिपिकट बनाएका ६ जना युवालाई  प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरुले भिसा प्रक्रियाका लागि नक्कली सर्टिफिकेट पेश गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा पाल्पा घर भएका सुमितरत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल, नवलपरासी घर भएका नरेश केसी, लक्ष्मण पाठक, काभ्रे घर भएका दिप विष्ट र काठमाडौंका सोहिली शाही छन्।

आरोपीहरुले उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी हुने शैक्षिक प्रमाणपत्र नक्कली बनाएको अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । भिसा प्रक्रियाका लागी आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिहरुले भिसा प्रयोजनका नक्कली प्रमाणपत्र पेश गरेको सुचना प्रहरीले दूतावासले नै दिएको थियो ।

आरोपीहरुलाई महाराजगञ्जस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । मुलुकी अपराध संहिता–२०७४ अनुसार लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी खापुङ्गले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया