काठमाडौं - याक्थुङ युवा मञ्च काठमाडौंको अध्यक्षमा संगीता सुहाङ निर्वाचित भएकी छन् ।
शनिबार सम्पन्न मञ्चको दोस्रो जिल्ला अधिवेशनबाट सुहाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिका उपाध्यक्षमा असन योङ्हाङ र चन्द्रकला नेम्बाङ, सचिवमा विजय खुदाङ, सहसचिवमा युबेस सुहाङ र कोषाध्यक्षमा धनेश्वर योङ्हाङ निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सुर्य सेलिङ, सन्जोग मादेन, प्रकाश सुहाङ, सरिता कुगेनाम्बा, एलिसा काम्बाङ, दिप्सन, आङ्बो, रिजन लिम्बु, सन्जिव योङ्हाङ, सुरज मादेन, सरिता खुदाङ दर्शन लिबाङ चयन भएका छन् ।
साथै कोरोना महामारीका कारण भएको यस्तो विषम् परिस्थितिमा पनि आफूलाई सहयोग गरेको भन्दै निर्वाचित अध्यक्ष सुहाङले सहयोगी सम्पूर्णलाई धन्यवाद दिएकी छन् ।
प्रतिक्रिया