काठमाडौं, छायांकन खुल्ला भएसँगै ‘अन्डर प्रि(प्रोडक्सन’ मा रहेको फिल्म ‘ग्रीन बर्ड’ पनि आउने हप्ताबाट छायांकन सुरु गर्ने भएको छ । प्रमोद कँडेलको निर्देशन बन्न लागेको यो फिल्म चितवन र नवलपुरमा खिचिनेछ ।
फिल्ममा अभिनेत्री सुरक्षा पन्तले मुख्य भूमिका रहेको छ । साथै फिल्ममा कमलमणी नेपाल र अफरान अलीको पनि अभिनय रहनेछ ।
योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मले परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथा बोकेको छ । फिल्मको स्टोरी र स्क्रिनप्ले निर्देशक कँडेल आफैंले तयार पारेका हुन् । कात्तिक स्मित कर्नाटकको छायांकन रहने फिल्मलाई अन्जय खड्काले सम्पादन गर्नेछन् । यही भदौ २५ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ ।
सुरक्षाले फिल्म ‘आमा’ रिलिजपछि लामो समय नयाँ फिल्म साइन गरेकी थिइन् । ‘ग्रीन बर्ड’ को कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न लागेको उनको भनाई छ ।
प्रतिक्रिया