दुई कम्पनीको ७३ करोड ६० लाख हकप्रद शेयर पाइपलाइनमा, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, दुई कम्पनीले ७३ करोड ६० लाख हकप्रद शेयर निष्कासनको पालो पर्खिरहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार समृद्धि फाइनान्स र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको पाइपलाइनमा रहेको जनाएको छ ।

बोर्डका अनुसार समृद्धि फाइनान्स २७ करोड २९ लाख ७० हजार ५०० बराबरको २७ लाख २९ हजार ७०५ कित्ता शेयर निष्कासनको तयारीमा रहेको छ । कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर निष्कासनको अनुमति माग्दै गत साउन १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धक बैंक अफ् काठमाण्डु (बिओके) क्यापिटल रहेको छ । 

यस्तै,आईएमई जनरल इन्स्योरेन्स गत बिहीबार( भदौ १७) गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको हो । कम्पनीले १०ः४ अनुपातमा  ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता शेयर निष्कासन गर्न तयारीमा रहेको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएई क्यापिटल रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया