काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा ७ हजार ९७१ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोहि अवधिमा १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत स्पास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ जना पुगेको छ ।
प्रतिक्रिया