फिल्म ‘शेरशाह’ ले रिलिजको २ हप्तामै बनायो ४ रेकर्ड, आइएमडिबीमा ८.५ रेटिङ

४ बर्ष अगाडि

काठमाडौं, फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ बाट बलिउडमा डेब्यू गरेका सिद्धार्थ मल्होत्रा अभिनीत फिल्म ‘शेरशाह’ ले ओटीटीमा इतिहास रचेको छ ।
 
पाकिस्तानसँँगको करगिल युद्धमा क्याप्टेन विक्रम बत्राको पराक्रमलाई फिल्मलाई देखाइएको छ । भारतको स्वतन्त्रता दिवसमा अमेजन प्राइम भिडियोमा रिलिज भएको यो फिल्म अहिलेसम्म पनि दर्शकको पहिलो रोजाइ बनेको छ । जसका कारण फिल्मले रिलिजको २ हप्तामै ४ रेकर्ड बनाएको छ । 
 
‘शेरशाह’ अमेजनमा सबैभन्दा बढी हेरिने फिल्म बनेको छ । अहिलेसम्म अमेजनमा रिलिज भएको कुनै बलिउड फिल्मलाई यति राम्रो ‘भ्यूअरसिप’ मिलेको थिएन । यो फिल्मले रेटिङमा पनि रेकर्ड बनाएको छ । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाका कारण फिल्मलाई आइएमडिबीमा ८.५ रेटिङ मिलेको छ । जुन रेटिङ बलिउडका ठूला स्टारका फिल्मले समेत पाएका छैनन् ।
 
अमेजनमार्फत यो फिल्मलाई ४१ सयभन्दा बढी शहर र गाउँमा हेरिएको छ । त्यस्तै, फिल्मलाई भारतसँगै विदेशमा समेत उतिक्कै रुचाइएको छ । अमेजन प्राइम भिडियोका अनुसार, फिल्मलाई अहिलेसम्म २ सय १० भन्दा बढी देशमा हेरिएको छ । यो आफैंमा ठूलो रेकर्ड हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया