काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) कारोबार खुलेको पौन ४ घण्टासम्म अरुण भ्याली हाइड्रोपावरको १० लाख कित्ता शेयर बढी खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको १० लाख ६ हजार ५७३ कित्ता शेयर खरिद बिक्री भएको छ । उक्त कित्ता खरिदबिक्री हुदाँ रु.६४ करोड ८८ लाख ९० हजार बराबरको कारोबार भएको छ ।
कम्पनीको शेयरमुल्य ४.७६ प्रतिशत घटेर प्रतिकित्ताको मुल्य रु.६६१ पुगेको छ ।
प्रतिक्रिया