भारतीय प्रधानमन्त्रीविरुद्धको प्रदर्शनप्रति गृह मन्त्रालयको आपत्ति

४ बर्ष अगाडि

काठमाडौं - भारतीय प्रधानमन्त्रीविरुद्धको प्रदर्शनप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालका मित्रराष्ट्रका विषयमा अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको छ । 

मन्त्रालयले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । 

मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको उल्लेख छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया