एजेन्सी - अफगानिस्तानमा राजनीतिक अधिकारको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा तालिबानले दमन गरेको छ । काबुल र हेरातमा महिलाहरुले गरेको प्रदर्शनमा तालीबानले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेर दमन गरेको हो ।
तालिबानको दमनका कारण दर्जनौ महिला घाइते भएका छन् । काबुलमा भएको प्रदर्शनमा तालिबानले पेपर स्प्रे पनि प्रहार गरेको थियो । महिलाहरुको समूह राष्ट्रपति भवन तर्फ जानका लागि पुल तर्दै गरेका बेला तालिबानले हस्तक्षेप गरेको हो ।
महिलाहरुले तालिबानको सरकारमा महिला अधिकार र महिला सहभागिता हुनुपर्ने भन्दै नारावाजी गरेका थिए । तालिबानले महिलालाई केही हदसम्म अधिकार दिने तर मन्त्री पद नदिने घोषणा गरेपछि महिलाहरु प्रदर्शनमा उत्र्रेका हुन् ।
प्रतिक्रिया