नेकपा एकीकृत समाजवादीले तोक्यो ६ वटा प्रदेशमा इन्चार्ज

४ बर्ष अगाडि

काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले छ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । एकीकृत समाजवादीले प्रदेश एकमा घनेन्द्र बस्नेत, प्रदेश दुईमा धर्मनाथ साह, बागमतीमा केदार न्यौपानेलाई जिम्मेबारी दिएको छ ।

त्यस्तै गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन । त्यस्तै, उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङले जिम्मेबारी पाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा गरिमा शाहको नाम प्रस्ताव गरिए पनि अन्तिम टुँगो लाग्न बाँकी रहेको बताएईको छ । विभागीय जिम्मेवारी पनि बाँडफाँड गरिएको छ ।मोर्चा इञ्चार्जमा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई चयन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया