विश्वकप छनोट : नेदरल्याण्डको शानदार जीत, हाल्यान्डक‍ो गोलमा नर्वे विजयी

४ बर्ष अगाडि

एजेन्सी - मेम्फिस डिपेको दुई गोलको मद्दतले नेदरल्याण्डले विश्वकप छनोट अन्तरगत मोन्टिनेगरोविरुद्ध शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेदरल्याण्ड ४–० गोलले विजयी बनेका हो ।

बार्सिलोनाका फरवार्डले खेलको पहिलो हाफमा पेनाल्टीबाट नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले नै टोलीको अग्रता दोब्बर बनाए । पछिल्ला ९ खेलमा उनले टोलीका लागि ९ गोल गरेका छन् । टोलीका लागि उनको ३० औँ गोल थियो । 

खेलको ७० औँ मिनेटमा जर्जिनियो विजनाल्डमले अर्को गोल थपे । त्यसपछि कोडी गाक्पोले सुन्दर गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जीतसँगै नेदरल्याण्ड समूह जीको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको टर्कीसँग नेदरल्याण्डले मंगलबार भिड्नेछ । टर्कीले गिल्ब्राटारालाई ३–० ले हरायो ।

साथै इर्लिङ हाल्यान्ड र मोहमद इल्युनौसीले गोल गरेको खेलमा नर्वेले लात्भियालाई २–० ले हराएको छ । विश्वकप छनौट खेलमा यससँगै नर्वेले महत्वपूर्ण तीन अंक बटुलेको छ ।  

उनले क्लब र देशका लागि ८ गोल गरिसकेका छन् । बोरूसिया डर्टमुन्डका लागि उनले सुरूवाती ५ खेलमा ६ गोल र तीन एसिस्ट गरसकेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया