काठमाडौं - सन् २०२१ को आठ महिनामा ६६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगस्ट महिनासम्म ६६ हजार ९६६ विदेशी पर्यटक नेपाल आएका हुन् ।
अगस्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् । अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र पर्यटक आएका थिए । कोरोना महामारी अघि सन् २०१९ को अगस्टमा ९४ हजार ७४९ पर्यटक नेपाल आएको तथ्याङ्क छ ।
कोरोना महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । बोर्डले महामारीकै बीच पनि झिनो सङ्ख्यामा विदेशी पर्यटक नेपाल आइरहेको बताइएको छ ।
प्रतिक्रिया