ताप्लेजुङ पर्यटको लागि भर्जिन ल्याड हो : योगेश भट्टराई

४ बर्ष अगाडि

ताप्लेजुङ - प्रतिनिधिसभा सदस्य तथा पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले पर्यटन प्रबद्र्धन गर्न ताप्लेजुङबासी अझै लाग्नुपर्ने बताएका छन् ।  

ताप्लेजुङ पत्रकार विकास मञ्चद्धारा आयोजित फोटो प्रतियोगिताका बिजेतालाई गरिएको पुरस्कार वितरण कार्याक्रममा बोल्दै भट्टराईले यस्तो भनेका हुन् । 

उनले भने ‘मैले मन्त्री भएकोबेला पर्यटन विकासका लागी हरसम्भव प्रयास गरेको थिए र पाथीभरा, तिम्वूङ पोखरी, फुङफुङे झरना लगायतका पर्यटकिय स्थलको प्रबद्र्धमा अझै लाग्नुपर्छ ।'  

साथै ताप्लेजुङ पर्यटको लागि भर्जिन ल्याण भएको पनि बताए । यस्तै पर्यटन प्रबद्र्धनमा जिल्लावासिले अझै योगदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री बलवहादुर साम्सोहाङ, प्रदेश सांसद होमकुमारी साँवा, जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे लगायतको सहभागीता रहेको थियो ।

फोटोले जिल्लाको भुगोल, जनजीवन, पर्यटकिय सौन्दर्यता लगायतलाई समेटेको मञ्चका सह सचिव आर्चायको बताए । उनले भने, ‘हामीले निकै नयाँ काम गर्यौ,’ सहसचिव आर्चायले भने , ‘कम्तिमा ताप्लेजुङलाई फोटोको माध्यमवाट बिश्वमा चिनाउने प्रयाश गरेका छौं ।’ 

संस्थाले आगामी दिनमा पनि यस्ता गतिविधि गरिरहने अध्यक्ष मनमणी काफ्लेको भनाइ छ । जिल्लाको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले खिचिएको १ सय १ फोटो प्रतियोगीहरुलाई पुरस्कृत गरिएको हो । 

ताप्लेजुङको पर्यटकिय क्षेत्रको प्रर्बद्धनका लागि खिचिएको फोटो मध्ये सर्बोत्कृष्ट भएका सिताराम गुरागाई नगद २५ हजार सहित पुरस्कृत भएका हुन् । प्रतियोगिताका उत्कृष्ट ग्याजो लामाले ११ हजार १ सय ११ नगद प्राप्त गरेका हुन् । 

त्यस्तै प्रथम राजेन्द्र श्रेष्ठ बनेका छन उनले नगद पाँचहजार पाच सय पच्चपन्न दोश्रो आनन्द गौतम तीन हजार तीन सय ३३ र तेश्रो गिरिराज बाँस्कोटा पाँचथर नगद २ हजार २ सय २२ रुपैया रप्रमाणपत्र प्राप्त गरेका छन ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया