ताप्लेजुङ - जिल्लाको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले १ सय १ फोटो प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । ताप्लेजुङको पर्यटकिय क्षेत्रको प्रर्बद्धनका लागि खिचिएको फोटो मध्ये सर्बोत्कृष्ट भएका सिताराम गुरागाई नगद २५ हजार सहित पुरस्कृत भएका हनु ।

पर्यटन बोर्डसँगको सहकार्यमा ताप्लेजुङ पत्रकार विकास मञ्चद्धारा आयोजित फोटो प्रतियोगिताका बिजेतालाई प्रतिनिधिसभा सदस्य तथा पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सम्मान गरेका हुन ।
प्रतियोगिताका उत्कृष्ट ग्याजो लामाले ११ हजार १ सय ११ नगद प्राप्त गर्नुभएको छ । त्यस्तै प्रथम राजेन्द्र श्रेष्ठ बनेका छन उनले नगद पाँचहजार पाच सय पच्चपन्न दोश्रो आनन्द गौतम तीन हजार तीन सय ३३ र तेश्रो गिरिराज बाँस्कोटा पाँचथर नगद २ हजार २ सय २२ रुपैया रप्रमाणपत्र प्राप्त गरेका छन ।

भने सान्तवना १५ बटा फोटो तथा एक सय एक फोटोलाई नै नगद तथा प्रमाण पत्र वितरण गरेका मञ्चका सह सचिव सुवास आर्चायले बताए ।
एक हजार ३ सय ५ वटा फोटोबाट छानिएका सबैलाई एउटा फोटोको एक हजार रुपैंया प्रदान गरिएको थियो । त्यस्तै पुरस्कार ग्रहणकालागी फोटो खिच्ने र उनीहरु जिल्लामा नभएकाका हकमा परिवारका आफन्त भेला भएका थिए ।

प्रतिक्रिया