इजरायल रोजगारी : अंग्रेजी भाषाको परीक्षाको समय एक घण्टा मात्र, लिखितमा ८० र अन्तरवार्तामा २० अंक ल्याउनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - इजरायल रोजगारी अन्तर्गत  केयर गिभरको छनोटका लागि हुने अंग्रेजी भाषाको परीक्षाको समय एक घण्टाको मात्र रहेको बताइएको छ । 

वैदेशिक रोजगार विभागले यसअघि साउन १२ गते जारी गरेको सूचनामा अंग्रेजी भाषाको लिखित अंकभार ८० र समय अवधि २ घण्टाको हुने उल्लेख गरेको थियो । 

तर, विभागले परीक्षा हुन भन्दा करिब डेढ हप्ताअघि आफ्नो सूचना सच्चाउँदै अंग्रेजी भााषाको परीक्षाको समय अवधि एक घण्टामात्र हुने बताएको छ । विभागले अंग्रेजी भाषाको लिखित परीक्षा ८० अंक र अन्तरवार्ता २० अंकको हुने उल्लेख गरेको छ । 

२० अंकको अन्तर्वार्ताका लागि भने समय अवधि छुट्याइएको छैन । विभागले लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने बताएको छ ।

विभागले इजरायल रोजगारीका लागि शुरुमा १ हजार जना सहायक कामदार लैजाने बताएको छ । त्यसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष कामदार जान पाउने छन् । त्यसका लागि शुरुमा १ हजार ४ सयजना छनोट हुने छन् ।  छनोट योग्यता प्रणालीमा आधारित हुने विभागले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया