एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या, औपचारिक कार्यक्रम र भेटघाट बन्द

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वास्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।

हल्का ज्वरो आएको र आजका सबै कार्यक्रमहरू र भेटघाट रोकिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए । शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । 

उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया