यो साता नेप्सेमा १६ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १६ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । 

१. एनआईसी एशिया सेकेक्ट–३० 
यो साता एनआईसी एशिया सेकेक्ट–३० फण्डको इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचिकृत भएको छ । नेप्सेका अनुसार फण्डको १२ करोड ५० लाख इकाईहरू सूचिकृत भएको हो । 

कयापिटलले असार १० गतेबाट असार १४ गतेसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’  नामक सामुहिक लगानी कोष बिक्री गरेको थियो । एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो । 

२. सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । लघुवित्तको ८.१३ प्रतिशत बोनस बापतको १ लाख ९१ हजार ५ सय २० कित्ता सेयर सूचिकृत भएको हो । 

३. अरुण काबेली पावर कम्पनी लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ८१ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । 

४. सनराइज फर्स्ट म्युचुअल फण्ड
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन भएको छ । फण्डको ५० प्रतिशत लाभांश पश्चात् नेप्सेले प्रतिइकाई १३ रूपैयाँ १३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १८ रूपैयाँ १३ पैसाका आधारमा मूल्य समायोजन गरेको हो । 

५. सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।नेप्सेका अनुसार कम्पनीको २ करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए । 

६. नागरिक लगानी कोष
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । कोषले असार १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

७. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६.१५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९।००५६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

८. समृद्धि फाइनान्स
समृद्धि फाइनान्सको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सको लिलामीमा बिक्री भएको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

९. लक्ष्मी बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी बैंकको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको २० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । अव यो इकाई आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । बिहीवार नेपाल स्टक एक्सचेञ्ज र उक्त कम्पनी बीच ऋणपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आगामी आइतवारदेखि खरीदविक्री गर्न सकिने छ । 

१०. सिद्धार्थ इन्स्योरेन्स कम्पनी
सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

११. मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सूचीकृत भएको छ । कम्पनीको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतबार देखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा २०८४/८५ सम्मका लागि निष्कासन गरेको ऋणपत्र सूचीकृत गराएको हो ।

१२. अपि पावर कम्पनी लिमिटेड 
अपि पावर कम्पनी लिमिटेड कम्पनीको १०.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ७८ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय २९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

१३. ङादी ग्रुप पावर कम्पनी लिमिटेड 
ङादी ग्रुप पावर कम्पनी लिमिटेड कम्पनीको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ७ रूपैयाँ ५० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यसको पनि बिहीबारको अन्तिम कारोबार मूल्य ९ सय ६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

१४. एनएमबि हाइब्रिड फण्ड एल १ 
एनएमबि हाइब्रिड फण्ड एल १ फण्डको पनि २० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई ११ रूपैयाँ ८० पैसा कायम हुने गरी इकाईमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १३ रूपैयाँ ८० पैसाका आधारमा नै मूल्य समायोजन गरेको हो ।

१५. एनएमबि ५० फण्ड
एनएमबि ५० फण्डको ३० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई १२ रूपैयाँ ५३ पैसा कायम हुने गरी इकाईमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १५ रूपैयाँ ५३ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

१६. नेपाल राष्ट्र बैंक
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३ 'ङ' नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचिकृत भएको छ । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू आज सूचिकृत गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया