श्रीलंकाले नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने

४ बर्ष अगाडि

काठमाडौं - श्रीलंकाले नेपालमा पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अघिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ । 

नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृति सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताइन् ।

परिसंघ कार्यालय थापाथलीमा भएको छलफलमा राजदूत अरुणतिलकाले नेपाली निर्यातकर्तालाई श्रीलंकामा सहज पहुँच र बजारका लागि आफूले पहल गर्ने बताइन् ।

छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानीकर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको भन्नुहुँदै श्रीलंकाली लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं महानिर्देशक यादवप्रसाद पौड्याल र श्रीलंकाली राजदूतावासकी काउन्सेलर निलुशा दिल्मिनीको उपस्थिति थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया