बरालको अध्यक्षतामा सेजनले पायो नयाँ कार्यसमिति

४ बर्ष अगाडि

काठमाडौं - नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२ औं साधारण सभा तथा महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

महाधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । बरालको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।

नयाँ कार्यसमितिका उपाध्यक्षमा सुजन वली, महासचिवमा भगवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा सोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबि अधिकारी रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया