बुटवल–नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुषालले अहिले छलाङ मार्ने र भत्काउने माओवादी र केही नगर्ने एमाले बिचको एकता बताएका छन् ।
यदि यो एकता बचाउन नसकेमा हामीले चाहेको क्रान्ती कुनैपनि किसिमबाट पुरा नहुने र नयाँ तत्वहरु उत्पति हुने बताए ।
१ सय २५ औँ माओ जयन्तीको अवसरमा आयोजीत नेकपाको एकता अवसर र चुनौति बिषयक अन्तरक्रियामा बुटवलमा आज बोल्दै स्थायी कमिटि सदस्य भुषालले यो एकता कायम रहेमा यो पांक्तिले जस्तो कार्य अरु कसैले गर्न नसक्ने बताए । उनले अहिले छलाङ मार्ने र भत्काउने माओवादी र केही नगर्ने एमाले बिचको एकता मिल्न नसकेमा क्रान्ती सकिने कटाक्ष गरे ।
उनले सावीकको एमालेले सबै जिल्ला जिल्लामा बनेका पार्टि कार्यलयमा कार्यसमितिको बिषयमा सबैको नाम कार्यालयहरुमा भएको उनले बताए । उनले पार्टि भनेर आफ्नो अस्तीत्व बिर्षन हुन नसक्ने भुषालले बताए ।
प्रतिक्रिया