काठमाडौं - विश्व बजारमा नेपाली विद्यार्थीलाई दक्ष बनाइ उच्चस्तरको रोजगारी उपलब्ध गराउने उद्देश्यले विराटनगरमा स्नातक तहको अतिथि सत्कार व्यवस्थापन विषयको कलेज सञ्चालनमा आएको छ ।
शिक्षा क्षेत्रमा अग्रणी रहेको ‘आइएनजी ग्रुप’ले बेलायती विश्वविद्यालयको सम्बन्धनमा ‘विराटनगर इन्टरनेशनल कलेज’ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा तीन वर्षे स्नातक तहको ‘इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेण्ट’ विषय यस वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।
इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यवस्थापनमा सञ्चालन हुने कलेजमा अध्ययनरत विद्यार्थीलाई नेपाल तथा विदेशमा तालिम तथा रोजगारीका लागि पठाउन विभिन्न संस्थासंग साझेदारी गरिएको बताइएको छ ।
उक्त कलेजबाट अहिलेसम्म ४ सय विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै ४ सय अध्ययन गरेका र ९५ प्रतिशत विद्यार्थी नेपाल तथा विभिन्न देशमा रोजगाररत छन् ।
प्रतिक्रिया