काठमाडौं - एमाले उपाध्यक्ष वामदेव गौतमले दोस्रोपटक एमाले परित्याग गरेका छन् । २४ वर्षअघि ०५४ मा एमाले विभाजनको नेतृत्व गरेका उपाध्यक्ष गौतमले दोस्रोपटक एमाले परित्याग गर्दै शुक्रबार पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा बुझाएका छन् ।
एमाले परित्यागलगत्तै गौतम माधवकुमार नेपाल नेतृत्वको नवगठित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । नेकपा एसका अध्यक्ष नेपालले गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।
नेकपा एसमा सात उपाध्यक्ष प्रस्ताव गरिएको छ । नेकपा एसको राष्ट्रिय भेलाबाट सात उपाध्यक्ष रहने गरी विधान पारित भए वरिष्ठ उपाध्यक्ष र एक मात्र उपाध्यक्ष रहने विधान पारित भए उपाध्यक्ष मात्रै बनाउने समझदारी भएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया