काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनीले साधारण सभा गर्ने भएको छ । असोज ६ गते साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा असोज ६ गते बिहान ११ बजे हुने भएको छ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, नियामक निकायहरूको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेका छन् ।
यसैगरी आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाब, आव २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरू पनि सभामा रहेको छ ।
दोर्दी खोला जलविद्युतले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि गत बैशाख २१ गते नै आवेदन दिइसकेको छ ।
बोर्डबाट अनुमति पाएपछि उक्त शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ । आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
प्रतिक्रिया