काठमाडौं - मलेसियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको छ । गत महिना १ सय १२ जना नेपाली कामदारको मृत्यु भएकोमा ९६ नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको नेपाली दूतावास मलेसियाले जनाएको छ ।
दूतावासका अनुसार अन्य १६ जनाको मृत्यु हृदयघात, सवारी दुर्घटना, अत्याधिक मदिरा सेवन लगायत विभिन्न कारण भएको छ । दूतावासका द्वितीय सचिव तथा सूचना प्रमुख प्रतिक कार्कीले मलेसियामा कोरोना भाइरसविरुद्धको खोप निःशुल्क रहेका कारण वैदेशिक रोजगारीमा रहेका सबै नेपालीलाई सक्रियतापूर्वक खोप लगाउन आग्रह गरिएको बताए ।
द्वितीय सचिव कार्कीले ‘माईसेजाहतेरा’ एप्स मार्फत अपोइन्टमेन्ट लिएर सबै नेपालीले अनिवार्य भ्याक्सिन लगाउन सकिने बताए । मलेसियामा कोरोना भाइरस संक्रमण बढेपछि गत जुनयता निरन्तर लकडाउनको अवस्था रहेको छ ।
प्रतिक्रिया