पूर्वपश्चिम राममार्गको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला अगाडि आज बिहान पिकअप गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका–३ का लाहोरा कापरीको छोरा मानव कापरी रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थमै बालकको मृत्यु भएको थियो ।
सर्लाही घर भए पनि उनीहरू हाल रङ्गशाला अगाडि पाल टाँगेर बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले गाडीका चालक मकवानपुर हेटौँडा नगरपालिका–११ का २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको छ । उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
कर्रा खोलामा ट्रकसहित दुई बगे
हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आज आएको भेलले एक ट्रकसहित दुई जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शिवम् सिमेन्ट उधोगबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ ख १४४० नंम्वरको ट्रकका चालक ४० वर्षीय बद्री कार्की र अर्का ४२ वर्षीय गणेश थापा मगरलाई बगाएको हो । खोलामा आएको भेलले उक्त ट्रक र हराएका व्यक्तिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
प्रतिक्रिया