काठमाडौं, बराइनको एक कम्पनीले ४० जना पुरुष नेपाली कामदारको माग गरेको छ । बराइनको JASIM AL FARDAN AUTO SERVICES W.L.L कम्पनीले उक्त संख्या बराबरको नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सुविधा कम्पनीको नियमअनुसार रहेको छ ।
कामदारले तलब खान बस्ने सहित ५८ हजार पाउनेछन् । इच्छुक कामदारले Sky of The World Manpower Pvt.Ltd. काठमाडौंमा भदौ २५ देखि २९ गतेसम्ममा अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क,स्वदेशमा हुने बिमा खर्च, विदेशमा हुने मेडिकल खर्च ,हवाई टिकट र भिसा शुल्क कम्पनी आफैैले बेहोर्ने छ ।
प्रतिक्रिया