यो साता सबैभन्दा धेरै कमाई गर्न १० कम्पनी, कुनको शेयरमुल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं- यस साता मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयर २८.७४ प्रतिशतले बढेको हो । अघिल्लो साता प्रतिकित्ताको मुल्य ३९०.७० मा बन्द भएको शेयरमुल्य यो साता रु.११२.३० ले उकालो लाग्दै रु.५०३ मा आएर बन्द भएको छ ।

त्यसपछि अन्य बाँकी कम्पनीको शेयरमुल्य १ प्रतिशत देखि ७ प्रतिशतको आसपास वृद्धि भएको छ । चन्द्रागिरी हिल्सको शेयरमुल्य ६.६४ प्रतिशतले बढेर प्रतिकित्ताको शेयरमुल्य रु. १ हजार ५९० पुगेको छ । अघिल्लो साता कम्पनीको शेयरमुल्य रु. १ हजार ४९१ मा बन्द भएको थियो ।

यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको शेयरमुल्य ५.३० प्रतिशतले उकालो लाग्दै प्रतिकित्ताको मुल्य रु. ५३६ मा पुगेर बन्द भएको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्य पनि यो साता रु.१ हजार ६९ पुगेको छ । कम्पनीको शेयरमुल्य ३.३८ प्रतिशतले बढेको हो । अघिल्लो साता कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु. १ हजार ३४ रहेको थियो ।

यसैगरी, ४ कम्पनीको शेयरमुल्य २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । एभेष्ट इन्स्योरेन्सको शेयरमुल्य २.७१ प्रतिशतले बढेर रु.४८८.९०,नबिल ब्लायन्चेड फण्ड २ को २.७० प्रतिशतले बढेर रु.१५.२४,मितेरी डेभलपमेन्ट बैंकको २.४४ प्रतिशतले बढेर रु.७९९ र जानकी फाइनान्सको २.४२ प्रतिशतले बढेर रु.७६२ पुगेको छ ।

खानीखोला हाइड्रोपावरको शेयरमुल्य १.५३ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. ३९९ पुगेको छ । कम्पनीको शेयरमुल्य यस जम्मा रु.६ ले बढेको हो । अघिल्लो साता कम्पनीको शेयरमुल्य रु. ३९३ मा बन्द भएको थियो ।

त्यसैगरी, डिप्रोक्स लघुवित्तको शेयरमुल्य १.३६ प्रतिशतले उकालो लाग्दै प्रतिकित्ताको मुल्य रु. १ हजार ७८५ पुगेको छ । यस साता कम्पनीको शेयरमुल्य रु.२४ ले बढेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया