‘एनएमबि सरल बचत फन्ड इ’ मा २३ करोड बढीको आवेदन, कति आवेदकले भरे ?

४ बर्ष अगाडि

काठमाडौं-‘एनएमबि सरल बचत फन्ड इ’ मा २३ करोड २६ लाख १४ हजार ३०० रुपैयाँ बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ४६ हजार ५३७ जना आवेदकबाट २ करोड ३२ लाख ६१ हजार ४३० इकाईका लागि आवेदन परेको हो । एनएमबि क्यापिटलले बिहीबार (भदौ १७ गतें) देखि ‘एनएमबि सरल बचत फन्ड इ’ को १० करोड इकाई म्युचुअल फन्ड बिक्री खुला गरेको हो ।

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया