नेपालकी गायिका स्मिता दाहाल भारतीय सङ्गीतमा पनि फड्को मारेकी छिन् । दाहाल नेपाली संगीत क्षेत्रकी चर्चित गायिकामा नाम दर्ता गराउन सफल रहेकी छिन् ।
दाहालको भारतीय चर्चित संगीतकार तथा गायक शबाब साबरी सँगको ड्वेट गीत इबादत बन गए सार्वजनिक भएको छ । गीतमा स्मिता र शबाबको आवाज रहेको गीतमा शबाबकै शब्द रहेको छ भने के।आर वाहिको संगीत रहेको छ ।
राजिव एस रुइयाको निर्देशन बनेको भिडियोमा चर्चित भारतीय मोडल तथा टेलिश्रृङ्खला अभिनेता अर्जुन विजलानि र स्मिता दाहालकै अभिनय रहेको छ । भिडियोलाई युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
दाहालका मायालु तिमी कता छौ, मालिङ्गो, कल्लाइ था छैन जस्ता गीत चर्चित रहेका छन् ।
प्रतिक्रिया