काठमाडौं - यो साता अर्थात (आइतरबादेखि शुक्रबार)सम्ममा नेपाल स्टक एक्सेन्च (नेप्से)मा ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यो ४ कम्पनीको ५५ लाख २५ हजार बराबरको बोनस शेयर सूचीकृत भएको हो ।
कुन कम्पनीको कति कित्ता ?
आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.१३ प्रतिशत बोनस बापतको १ लाख ९१ हजार ५ सय २० कित्ता सेयर सूचिकृत भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने घोषणा गरेको थियो ।
बुधबार नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस शेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
स्वावलम्बन लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९.००५६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
यस्तै, नागरिक लगानी कोषले असार १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
यसैगरी,सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर बिहीवार १२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया