मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, कित्ता कति ?

४ बर्ष अगाडि

काठमाडौं, मुक्तिनाथ विकास बैंकको ऋणपत्र आज (शुक्रबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच यही भदौं १७ गते ऋणपत्र सूचिकृत गर्ने सम्झौता भएको हो ।

बैंकको ८.७५ प्रतिशत ब्याजदर भएको 'मुक्तिनाथ डिबेञ्चर २०८४/८५' को क्रम संख्या १ देखि १२ लाख ५० हजारसम्मको अंकित तथा चुँक्ता मूल्य रु. १ हजार कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंकको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लि.  रहेको छ । 

सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको २०७८ भदौ १५ गतेको निर्णयानुसार सूचिकरण भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया