नेप्सेमा राष्ट्र बैंकको १५ अर्बको  विकास ऋणपत्र सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १५ अर्बको विकास ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३ 'ङ' नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । यो ऋणपत्रको व्याजदर ४.३७ प्रतिशत रहेको छ । 

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेको हो ।

6131da8d39b67.jpg

४ बर्ष अगाडि

प्रतिक्रिया