काठमाडौं - कोरोनाविरुद्धको खोप लगाएका नेपालीले युएईको आबुधाबी प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।
अबुधाबीको कोरोना नियन्त्रण सम्बन्धी बनेको आपतकालीन, संकट तथा प्रकोप व्यवस्थापन समितिका अनुसार आइतबार देखि पूर्ण खोप लगाएका यात्रुले यूएईको आबुधाबी प्रवेश पछि क्वारेन्टाइन बस्न नपर्ने जनाएको हो ।
पूर्ण खोप लगाएका तथा यूएईले ग्रिन लिष्टमा राखेका देशबाट प्रवेश गर्ने यात्रुले ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ प्रमाणपत्र पेश गर्नु पर्ने छ भने त्यहाँ पुग्ने बित्तिकै पीसीआर परीक्षण पर्नेछ ।
त्यसपछि ६ दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्नेछ र रिपोर्ट नेगेटिभ आएमा आफ्नो गन्तव्य जान पाइने छ ।
प्रतिक्रिया