तालिबानद्धारा नयाँ सरकारको घोषणाका लागि राष्ट्रपति कार्यालयमा समारोहको तयारी, आज हुन सक्ने

४ बर्ष अगाडि

एजेन्सी - अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ ।

तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ ।

छलफल लगभग टुङ्गिएकाले आज नयाँ सरकार घोषणा हुन सक्ने अनुमान गरिएको हो ।  तालिबानको सरकारमा राष्ट्रपति र प्रधानमन्त्री हुने खबरमा उल्लेख छ । तर, सरकारमा महिला सहभागी हुनेरनहुने बारे केही खुलाइएको छैन  ।

४ बर्ष अगाडि

प्रतिक्रिया