अमेरिकामा एकैदिन १ लाख ७७ हजारमा कोरोना संक्रमण पुष्टि, आँधीका कारण ४० भन्दा धेरैको मृत्यु

४ बर्ष अगाडि

अमेरिकामा बिहिबार १ लाख ७७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । वोल्डोमिटरका  अनुसार कोरोना संक्रमितको आधारमा पहिलो नम्बरमा रहेको अमेरिकामा हिजो एकैदिन  १ लाख ७७  हजार ५६८ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ५  लाख १३ हजार नाघेको छ । 

यस्तै त्यहाँ हिजो एकैदिन १ हजार ५६५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ६२ हजार ४८२ पुगेको छ । 

अमेरिकामा बिहिबार ६१ हजार ८९९ जना कोरोना मुक्त भएका छन् । यो सँगै अमेरिकामा कोरोना मुक्त हुनेको संख्या ३ करोड ११ लाख ९९  हजार ८३५ पुगेको छ । 

हाल अमेरिकामा ८ लाख ६५ हजार सक्रिय संक्रमित रहेका छन् । 

अमेरिकाकामा आँधी  ४० भन्दा धेरैको निधन

समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्युजर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गभर्नर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढीमा परेका थिए । अधिकारीहरुले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।

आँधीपछि आएको भारी वर्षाका कारण पूर्वी राज्यहरु कनेन्टिकट, मेरिल्यान्ड, न्यू जर्सी, न्युयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएको खबर छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको सङ्कटसँग लड्न ‘ऐतिहासिक लगानी’ आवश्यक रहेको बताएका छन् । अमेरिकाले देशभर मौसमसम्बन्धी विपत्तिको सामना गर्नुपरिरहेको बताउँदै उनले योसँग जुध्नु जीवन र मृत्युको सवाल भएको जिकिर गरे ।

न्युयोर्क र न्युजर्सीमा भारी वर्षका कारण मानिसहरु आफ्नो घरको बेसमेन्ट र कारमा नै फसेका छन् । न्युयोर्क सहरमा मात्र ३ जना नेपालीसहित १४ जनाले ज्यान गुमाएका छन् । न्युयोर्कमा सङ्कटकाल नै घोषणा गरिएको छ ।
यसैबीच, अमेरिकाको न्युयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–२ जुनबेँसी स्थायी घर भई हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया