सिप्रदी अटोपार्टस् प्रा.लि. द्वारा टाटागुरु भेला २०७५  सम्पन्न

७ बर्ष अगाडि

टाटा मोटर्स् र सिप्रदी अटोपार्टस् प्रा.लि द्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न गरिएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म गरी  करीब १२० भन्दा धेरै टाटा गुरुहरुको उपस्थिति रहेको थियो ।सिप्रदी अटोपार्टसको प्रतिवद्घता अनुसार टाटा गुरुहरुलाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा गरिएको कार्यविवरण , आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याईने विबिध कार्यक्रमहरुकाजानकारी गराउदै टाटाका गाडिलाई टाटा नै सहि टाटा गुरुलाई टाटा जेनयुन पार्टस नै सहि भन्दै टाटा गुरुलाई सिप्रदीअटो पार्टसको पुर्णरुपमा सहयोग रहने  र गुरुवाट पनि सहयोगको अपेक्षा रहेको कुरा सिप्रदीअटो पार्टसका माहाप्रवन्धक युवराज वुढाथोकाीले वताउनु भयो ।

गा्रहकलाई फाईदा गराएर मात्र हमाीलाई फाईदा हुन सक्छ भन्ने  विश्वासलाई केन्द्रविन्दुमा राखेर अघि वढेको सिप्रदीटाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडि विग्रीएको अधिकतम ४ घण्टाभित्रमा वनाइसक्ने आगामी योजनामा टाटागुरुहरुको सहयोगको अपेक्षा रहेको र टाटागुरुलाई सक्षम वनाउन कुनै तरहको पनि सहयोग गर्न आफु तत्पर रहको कुरा सिप्रदीकम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजन वावु श्रेष्ठले वताउनु भयो । उक्त कार्यक्र्रममा अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भटराईले मेकानिकको हितमा ल्याईएको “टाटा  गुरु कार्यक्रम “ पहिलो र उत्कृष्ट रहेको धारणा व्यक्त गर्नु भयो ।

साथै हरेक मेकानिकले आफू मेकानिक हुनुमा गर्व गर्नुपर्छ भन्दै बदलिदो प्रविधिलाईलाइ छिटो भन्दा छिटो अगिंकार गर्न सक्नु पर्छ भन्दै आफूु महासंघको तालिम संयोजकको नाताले सम्पुर्ण अटो मेकानिक्सहरुलाई दक्ष वनाउन आफनो पुरा सहयोग र संयोजन रहने प्रतिवद्घता जनाउनु भयो । त्यसै गरी अटोमेकानिक्स महासघंका माहासचिव ठाकुर प्रसाद न्यौपानैले आफ्ना भनाईहरु राख्दै हाम्रा सघंसस्था नपुगेका ठाउमा सिप्रदीपुगेर तालिमका कार्यक्रम संचालन गरीकन हाम्रा अटो मेकानिक्सहरुलाइ सक्षम वनाउन खेलेको भुमिकाको सरहाना गर्नु भएको थियो । 

कर्यक्रममा टाटालाई टाटा नै सहि भन्ने कार्यक्रमा टाटा गाडिलाई वढि भन्दा वढि जेनयुन पार्टसको प्रयोगमा सहयोग गर्ने टाटा गुरुहरुलाई सम्मान तथा प्रोत्साहान गरीएको थियो ।

जसमा विशेष सम्मान प्राप्त गर्नेहरुमा , इटहरीका इस्राफील अन्सारी पहिलो भएर सम्मानित हुनुभएको थियो  भने क्रमस वुटवलका अशोक देवकोटा दोश्रो हुनुभएको थियो , त्यसैगरी माहाकालीका विनोद राई तेश्रो , वुटवलका राजकुमार गौतम  चौथो, धनगढिका चतराज पाण्डे पाचौ र  हेटौडाका गणेश वानिया छैटो हुनुभएको थियो ।

साथै सहभागी अन्य गुरुहरुलाई अन्य विधामा सम्मान गराीएको थियो ।
कार्यक्रमको अन्तमा सधन्यवाद ज्ञापन गर्द ैसिप्रदी कम्पनीजका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले आज टाटा गाडीको बजार पहिलो स्थानमा हुनु र ग्राहकले आँखा चिम्लीएर टाटा गाडीलाई विश्वास गर्नु तपाई टाटा गुरुको हातमा भएको सिप र क्षमता हो भन्दै आउदा दिनमा सहकार्य र सहयोगको प्रतिवदता व्यक्त गर्दै सबैमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया