सामलिङ पावरको ५ करोड बराबरको आईपीओ आजदेखि बिक्रीमा, कहिलेसम्म दिन सकिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं, सामलिङ पावर कम्पनीको आज (शुक्रबार) बाटआइपीओ बिक्री खुला भएको छ ।    यो अघि कम्पनीले आयोजना प्रभावितका लागि साउन २२ गतेदेखि आइपीओ बिक्री खुला गर्ने जनाएकोमा निषेधाज्ञाका कारण स्थगित भएको थियो । यस कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याइएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

स्थानीयले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने असोज १७ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् ।

यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यसको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया